देवः विकास बैंक र कैलाश विकास बैंकको सेयर लिलामीमा

Apr 25, 2017 merolagani

देवः विकास बैंक (DBBL)  र कैलाश विकास बैंक (KBBL) ले हकप्रदमा नबिकेको संस्थापक तथा सर्वसाधारणतर्फको सेयर लिलामी गर्ने भएका छन । देवले कुल ६ लाख १७ हजार ६१५ कित्ता र कैलाशले ७३ हजार ५५४ कित्ता सेयर लिलामीमा राखेका छन ।



देवः विकास बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार ३१८ कित्ता सर्वसाधारण तर्फको सेयर लिलामी गर्ने भएको हो । बैंकको लिलामीको सेयरमा वैशाख २८ गतेबाट जेठ ४ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै कैलाश विकास बैंकको पनि ७३ हजार ५५४ कित्ता सेयर वैशाख २० गतेबाट लिलामी गर्ने भएको छ । कैलाशले सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता सेयरको लिलामी गर्ने भएको हो । लिलामीको शेयरमा वैशाख २८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।