नेपाल एसबिआई बैंक र ललितपुर फाईनाइन्सलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Apr 25, 2017 merolagani

नेपाल एसबिआई बैंक (SBI) र ललितपुर फाइनान्स (LFC) लाई पूँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । एसबिआईलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत र ललितपुर फाईनाइन्सलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले बाटो खोलिदिएको हो । 

एसबिआई बैंकले एक सय रुपैंया अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको हो । बैंकले बोर्डमा हकप्रदको अनुमतिका लागि गत चैत ७ गते निवेदन दिएको थियो ।

बैंकको हकप्रद निष्काशनको जिम्मा एनएमबि क्यापिटलले यस अघि र्नै पाइ सकेको छ । सम्झौता अनुसार क्यापिटलले बैंकको एक करोड ९९ लाख १९ हजार ४२३।६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल बैकको चुक्तापूँजी चार अर्ब ९७ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

यस अघि बैंकले प्रतिकित्ता ९७१ रुपैँयामा ६७ हजार ७ सय ६७ कित्ता एफपीओ बेचेको थियो । बैंकको गत माघ २७ गते २३ औं बार्षिक साधारणसभाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस बितरण गर्दै ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा, ८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

उता सोमबार नै ललितपुर फाइनाइन्सलाई पनि धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । फाईनाइन्सले १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैँया बराबरको १८ लाख ७९ हजार ४५४ कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।

फाईनाइन्सको प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यका सेयर निष्काशनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको थियो ।

हाल फाइनाइन्सको चुक्ता पूँजी १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैँया रहेको छ । हकप्रद जारी गरेपछि फाईनाईन्सको चुक्ता पूँजी ३७ करोड ५८ लाख ९० हजार आठ सय रुपैँया पुग्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन कम्पनीलाई थप १२ करोड ४१ लाख रुपैंया आवश्यक पर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।