गुहेश्वरीका लगानीकर्तालाई हकप्रद माथि फेरि हकप्रदको भारी

Apr 25, 2017 Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिगं एण्ड फाइनान्स (GMFIL) ले केही समय अघि मात्र ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकोमा फेरि ४० प्रतिशत हकप्रद सेयर बेच्ने निर्णय गरेको छ । फाइनान्सले अघिल्लो हकप्रद तथा गत आर्थिक वर्षको बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्षमा २२ प्रतिशत बोनस बितरण गरेको थियो । ५० प्रतिशत हकप्रद बेचेर बोनस बितरण गरे पछि अहिले फाइनान्सको चुक्ता पूँजी ४९ करोड रुपैंया माथि छ । साधारण सभा तथा धितोपत्र बोर्डबाट प्रस्तावित हकप्रद पारित भएर बिक्री गरे पश्चात फाइनान्सको चुक्ता पूँजी ६९ करोड रुपैंया नाघ्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि फाइनान्सले अरु ११ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।