सिभिल बैंकले जेठ ४ गतेलाई बोलायो साधारणसभा,के के छन् एजेण्डा ?

Apr 26, 2017 merolagani

सिभिल बैंक (CBL) ले जेठ ४ गते छैठौं वार्षिक साधारणसभा राखेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २ दशमलव ८८ प्रतिशत वोनस शेयर र शून्य दशमलव १५१६ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लग्दैछ ।

साथै बैंकले साधारणसभाबाट युनिक फाइनान्स लिमिटेड तथा हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्देछ ।

बोनस र दुई कम्पनी प्राप्तिपछि कायम चुक्ता पूँजीको ३० प्रतिशत (१०ः३) कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।

बैंकले यसअघि २० प्रतिशत हकप्रद मात्र बिक्री गर्ने प्रस्ताव गरेको भएपनि पछि बढाएर ३० प्रतिशत पुर्याएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार सिभिलको चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख रहेको छ । बैंकले यसअघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई पनि गाभिसकेको छ ।

बोनसपछि कम्पनीको चुक्तापूँजी चार अर्ब ७० करोड पुग्नेछ । बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स, २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएका हामा मर्चेन्ट एण्ड फाइनान्स पनि खरिद गर्ने सम्झौता गरिसकेको छ । बैंकले युनिक फाइनान्सलाई सय बराबर ९० कित्ता र हामालाई ८९ कित्ता सेयर प्रदान गरी खरिद गर्न लागेको हो । 

सिभिल बैंक लिमिटेडको साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २१ गते देखि जेठ ४ गतेसम्म बन्द रहने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।