बिग्रे -भत्केका कम्पनीहरुलाई किनेर पनि अचम्ममा पार्ने गरी सुधारियो प्रभु बैंक

Apr 27, 2017 Merolagani

बिग्रे -भत्केका कम्पनीहरुलाई धमाधम किन्दै गर्दा प्रभु समूहलाई धेरैले अब उठ्न सक्दैन भन्दै खराब दिनहरु सुरु भएको टिप्पणी गर्दैथिए । खासगरी किष्ट बैंक, ग्राण्ड बैंक र धरासायी भएर बिघटनमा गएको नेपाल बिकास बैंकलाई किनेपछि प्रभु समूहलाई शंकाको नजरले हेर्नेहरु बढेका थिए । त्यसपछिको केही समय प्रभु बैंक(PRVU)को खराब कर्जा अनुपात १० प्रतिशत माथि पुगेपछि त  शंका गर्नेहरु झन् बढ्ने नै भए तर चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकले चमत्कारिक सुधार गरेको छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।प्रतिसेयर आम्दानीलाई बार्षिकीकरण गरिएको छ । 

प्रभु बैंकको खुद नाफा मेरोलगानीले आँकलन गरे भन्दा छ करोड रुपैयाँ कम हो ।  

प्रभु बैंकले गत बर्षको तेस्रो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी बढाउनुका साथै डुबेको कर्जा उठाई  खुद नाफालाई ९२ प्रतिशतले बृद्धि गरेको छ । ब्याज आम्दानी तीन अर्ब ७५ करोड गरे पनि तेस्रो त्रैमासमा निक्षेपको ब्याज बढाउनु परेकाले झण्डै दोब्बर खर्च बढ्दा खुद ब्याज आम्दानी झण्डै ६० प्रतिशतले बढ्नु पनि धेरै राम्रो पक्ष हो । उसको निक्षेप तथा कर्जा परिचालनको अबस्था हेर्दा कर्जाको ब्याज बढाएको अबस्थामा खुद ब्याज अरु आम्दानी चौथो त्रैमासमा बढ्नसक्छ । 

बैंकले निस्क्रिय कर्जा अनुपात घटाएर पनि प्रोभिजन बढाएको छ र आगामी दिनहरुमा खराब कर्जाको अनुपात अरु घटाएर आशातित प्रगति गर्ने धेरै संभावना छ ।

गत बर्षको खुद नाफाबाट कुनै लाभांश दिन नसकेको बैंकले चुक्ता पूँजी आठ अर्ब पुर्याउन ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्दैछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।