एनसीसी बैंकको किन एक्कासी रोकियो बिशेष साधारणसभा ?

Apr 27, 2017 merolagani

एनसीसी बैंक (NCCB) ले यही वैशाख १५ गतेका लागि बोलाएको विशेष साधारणसभा कम्पनी रजिष्ट्रारको कार्यालयले पठाएको पत्रको आधार देखाउदै रोकेको छ । एनसीसी बैंकमा झण्डै १३ प्रतिशत हिस्सेदारी रहेको एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठले उजुरी गरेपछि कम्पनी रजिष्ट्रारले विशेष साधारणसभा रोक्न निर्देशन दिएको हो ।



एनसीसीले पचास प्रतिशत हकप्रदको प्रस्ताव पारित गराउने मुख्य एजेण्डा सहित विशेष साधारण सभा बोलाएको थियो ।

नियमित साधारण सभा नगरी विशेष साधारणसभा गर्न लागिएको भन्दै एनबी समूहले कम्पनी रजिष्ट्रार कार्यालयमा त्यसलाई रोक्न माग गर्दे उजुरी गरेको थियो ।  । स्रोतका अनुसार आर्थिक समस्यामा परेको एनबी समूहले हकप्रद बापतको रकम जुटाउन नसक्ने भएपछि विशेष साधारणसभा रोक्ने रणनीति अख्तियार गरेको हो ।

एनसीसीले राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्तापूँजी पूर्याउन अढाई महिनाको अवधि मात्र बाँकी रहदा पचास प्रतिशत हकप्रदबाट तोकिएको पूँजी पूर्याउने योजना पारित गर्न खोजेको थियो । अब त्यो योजना अवरुद्ध भएपछि निर्धारित समयमा चुक्तापूँजी पुर्याउन बैंकलाई कठिनाई हुने देखिएको छ ।

एनसीसीले अब विशेष साधारण सभा नगरी नियमित साधारण सभा गर्नुपर्ने र गतबर्षको खुद नाफाबाट सकेसम्मको बोनस सेयर पनि वितरण गर्नुपर्ने बाध्यता आइलागेको छ । तर एनसीसीमा गाभिएका एपेक्स डेभलपमेन्ट बैंकको वित्तीय विवरणमा कैफियत देखिएपछि राष्ट्र बैंकले एनसीसीको वित्तीय विवरण स्विकृत गरेको छैन ।

बैंकका कम्पनी सचिव कपिल ज्ञवालिले अब बैंक नियमित साधारणसभाको प्रक्रियामा लागेको जानकारी दिए ।

एनसीसीमा मर्ज भएका पाँच वटै कम्पनीको वित्तीय विवरण राष्ट्र बैंकबाट जतिछिटो स्विकृत हुन्छ, त्यति  नै छिटो साधारणभा बोलाउने तयारीमा छौ - उनले भने ।

नियमित साधारण सभामा बैंकले लेखा परीक्षण प्रतिवेदन, लाभांश प्रस्तावसहित आवश्यकता अनुसार अन्य विशेष प्रस्ताव ल्याउन सक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।