एनबी इन्स्योरेन्सको शतप्रतिशत हकप्रद धितोपत्र वोर्डबाट स्वीकृत

Apr 27, 2017 merolagani

एनबी इन्स्योरेन्स (NBIL) को एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोडले अनुमति प्रदान गरेको छ । 

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैँया रहेको छ । शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुग्नेछ । कम्पनीको गत मंसिर १७ गतेको साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले फेरि शतप्रतिशत हकप्रद निष्काशनको गर्न लागेको हो । एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा  पूँजी वृद्धिलाई प्राथमिकतामा राखेको छ ।

एनबी इन्स्योरेन्सले कति बढायो कमाई ? यस्तो आयो विबरण

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।