२०७४ साल आर्थिक तथा नीतिगत सुधारको बर्ष हुनेः राष्ट्रबैंक

Apr 28, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले २०७४ साल आर्थिक तथा नीतिगत सुधारको बर्ष हुने जनाएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले चालु आर्थिक वर्षलाई आर्थिक सुधारको बर्ष हुने बताए । राष्ट्र बैंक स्थापनाको ६२ औं बार्षिकउत्सवको अवसरमा राष्ट्र बैंक कानुनी, नियामकीय र नीतिगत सुधार मार्फत देशको उच्च आर्थिक वृद्धिदरमा लागेको नेपालले बताएका हुन् ।

गर्भनर नेपालले राष्ट्र बैंक वित्तीय स्थायित्व कायम गर्दे वित्तिय पहुँच  र उत्पादनशील क्षेत्रमा कर्जा विस्तार मार्फत देशको आर्थिक वृद्धिमा टेवा पुर्याउन कटिबद्ध रहेको बताए । चालु आर्थिक बर्षमा नेपाल राष्ट्रबैंक ऐन २०५८ को दोस्रो संशोधन, बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ पहिलो संसोधन र बेंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लागु भएकाले यस क्षेत्रमा धेरै सुधार हुने उनले बताए ।


बैंकहरुको सुपरिवेक्षण प्रकृयालाई प्रभावकारी बनाउँदै लैजान पुर्णत जोखिममा आधारित सुपरिवेक्षण प्रकृया लागु गरि एक चरणको कार्य सम्पन्न भईसकेको र समग्र वित्तीय क्षेत्रको दिर्घकालिन विकासका लागि वित्तिय क्षेत्र विकास रणनिति सरकारबाट स्वीकृत भएको उनले बताए ।

चैतसम्ममा १३६ संस्थाहरु एक आपसमा गाभिएर ४४ वटा संस्था बन्न पुगेको र अरु २८ वटा संस्थाहरु एक आपसमा गाभिई ११ वटा कायम रहन सैद्धान्तिक सहमति प्रदान गरिएको गभर्नरले बताए । गर्भनरले १६ संस्था समस्याग्रस्त अवस्थामा रहेकामा ७ वटा रिजोलुसनमा गईसकेको र दुईवटा समस्याग्रस्तबाट मुक्त भई नियमित कारोबारमा गरिरहेको, बाँकी रहेका ९ संस्थामध्ये ४ वटा संस्थाको सेयर स्वामित्व हस्तान्तरणको प्रकृयामा रहेको बताएका छन् । उनले अबको छ महिनाभित्रमा राष्ट्रबैंकमा समस्याग्रस्त संस्था नरहने समेत ठोकुवा गरे ।

नीतिगत सुधारतर्फ लागु गरिएको ब्याजदर करिडोर पद्धति मौद्रिक व्यवस्थापनलाई पारदर्शी,व्यवस्थित र आधुनिक बनाउने दिशामा प्रस्थान बिन्दुको रुपमा रहेको र यसको प्रयोगले तरलताको प्रभावकारी व्यवस्थापन र व्याजदर स्थायित्व हाँसिल गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपाल राष्ट्र बैंकमा भौतिक संरचना भुकम्पका कारण क्षतविक्षत अवस्थामा पुगेको अवस्थामा पुग्नु, आर्थिक वृद्धिदर बढाउनुपर्ने अवस्था, विप्रेषण घट्दै जानु, व्यापारघाटा बढ्दै जानु, पूँजीगत खर्च गर्न नसक्नु र जनशक्तिको अभावजस्ता समस्या तथा चुनौतिहरुको सामाना गर्दे राष्ट्र बैंक अगाडि बढेको बताए ।

बैंकर्स एशोसिशनका अध्यक्ष अनिल केशरी शाहले अरु क्षेत्रमा पनि राष्ट्र बैंक जस्तै रेगुलेटर भएको भए अन्य क्षेत्र पनि वित्तिय क्षेत्रजस्तै हुने सबल हुने थियो भन्दै राष्ट्र बैंकको प्शंसा गरे ।

६२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा पूर्व गभर्नर भेष बहादुर थापा तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई बिशेष सम्मान गरिएको थियो भने अन्य पुर्वगर्भनर र राष्ट्र बैंकमा २० बर्ष सेवा अवधि पु¥याएका राष्ट्र बैंकका १७५ जना कर्मचारीहरु सम्मानित भएका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।