सनराईज बैंकलाई ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

Apr 28, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले सनराइज बैंक (SRBL) लाई ३० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सनराइज बैंकलाई एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको जनाएको छ ।

 अब बैंकले केही दिनमा नै हकप्रदका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको सूचना निकाल्दै हकप्रद निष्काशनको मिति निर्धारण गर्नेछ ।

गत आर्थिक वर्षमा ३३ दशलमव ३३ प्रतिशत बोनस बितरण गरेको बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । बोर्डबाट स्वीकृत भएको हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । 

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन बैंकले चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने हुन्छ । 

...[बाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्ममा कति कमाए ? (आँकलनसहित)]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।