फाइनान्सले पूँजी वृद्धिका लागि मर्जर तथा विलयका साथै हकप्रदको प्रस्ताव विशेष साधारण सभामा लैजाँदै छ । यद्यपी फाइनान्सले विशेष साधारण सभाको सूचनामा हकप्रदको प्रतिशत, मर्जर तथा विलयका सम्भावित विषयका सम्बन्धमा भने केही खुलाएको छैन ।
प्रबन्ध पत्र तथा नियमावली संसोधनका साथै डीडीए गर्ने लगायतका प्रस्ताव विशेष साधारण सभामा जाँदैछ । फाइनान्सको विशेष साधारण सभा प्रयोजनका लागि बैशाख २६ देखि जेठ दुई गतेसम्म सेयरधनी पुस्तिका बन्द हुने बताइएको छ ।