गरिमाको खुद नाफा ७० प्रतिशतले बढ्यो

Apr 28, 2017 merolagani

गरिमा विकास बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ८५ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २५ रुपैयाँ ५६ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक बर्षको यहि अवधिमा १४ करोड ६६ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा पुरयाएको थियो ।

एक अर्ब २९ करोड ६६ लाख रुपैँया चुक्ता पूँजी रहेको गरिमाले यस अवधिमा १३ अर्ब ३९ करोड निक्षेप संकलन,  १२ अर्ब नौ करोड रुपैँया कर्जा लगानी गरि ५४ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ६९.४९ प्रतिशत, चुक्ता पूँजी ५१.९७ प्रतिशत, खुद व्याज आम्दानी ७४.९२, निक्षेप ७०.७४ प्रतिशत र कर्जा लगानी ६८.६७ प्रतिशतले बढेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ७४ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १३.७३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा र तरलता अनुपात २२.६६ प्रतिशत रहेको छ ।

बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद खुला गरिरहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ । चालु आर्थिक वर्षको कमाईबाट बैंकले थप ३० करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल तथा गरिमाका सबै शाखाहरुबाट सेयरधनीले हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा जेठ १७ गतेसम्म आवेदन गर्न सकिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।