सेयरबजारमा २३ अंकको गिरावट,कारोबार रकम झण्डै दश प्रतिशतले बढ्यो

Apr 29, 2017 merolagani

यस साता सेयर कारोबारमा सुधार आएको छ । सातभरको कारोबारमा नेप्से २३ अंकले घटेपनि  कारोबार रकम ९.८८ प्रतिशतले बढेको छ । साताभर पाँच दिन खुलेको सेयरबजारमा पाँच अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

 


यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४१ हजार ८ सय ९८ कारोबारबाट पाँच अर्ब ६९ करोड ३७ लाख ९४ हजार रुपैयाँ बराबरका ८२ लाख चार हजार तीन सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ९.८८ प्रतिशत बढी हो ।

गत साता १५४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३३८३१ कारोबारबाट पाँच अर्ब १८ करोड १७ लाख ३५ हजार रुपैयाँ बराबरका ७५ लाख १६ हजार सात सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २३.१० अंकले घटेर अन्तिम दिन १६७०.६२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.२० अंकले घटेर ३५७.२१ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (२३ करोड ९१ लाख ८० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ४७ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५६२१ वटा) को आधारमा अरुण काबेली पाबर लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता उच्च कारोबार गर्ने पाँच कम्पनीमा प्रभु बैंक, प्राइम लाइफ, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ र नेपाल क्रेडिट एण्ड कर्मश बैंक परेका छन ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी

यस साता नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र स्वावलम्बन लघुवित्त विकास बैंकको बोनस सेयर सुचिकृत भएको छ । शाइनको २३ लाख ४४ हजार ७३२ कित्ता तथा स्वावलम्बन लघुवित्तको १० लाख ६६ हजार ९५० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।