राष्ट्रपतिबाट वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि बाफियाले अयोग्य बनाएका बैंकरहरुले धमाधम बैंक छाड्ने क्रम चलेको हो । यसै शिलसिलामा सिभिल बैंकबाट इच्छाराज तामाङले सञ्चालक समिति छाडेका हुन् ।
बाफियाले संसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तामाङले सिभिल बैंकको सञ्चालबाट राजिनामा दिएका हुन् ।
बाफियाले बैंक तथा वित्तीय संस्थाका करिव तीन दर्जन सञ्चालकहरु अयोग्य बनाएको छ । बाफियाको प्रावधान अनुसार सांसद समेत रहेका माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेन्द्र प्रसाद महतो र एनसिसी बैकका सञ्चालक मोहनवहादुर बस्नेतले पनि बैंक छाड्नु पर्नेछ ।
यता प्रभु बैकं लिमिटेडको सञ्चालकको राजिनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको बैठकले वैशाख १४ गते कुसुम लामाको राजिनामा स्वीकृत गरेको हो ।