लघुवित्तले मंसिर ६ गतेदेखि पुस १० गतेसम्म खुला गरेको १२० प्रतिशत (एक बराबर एक दशमलव दुई) हकप्रदमा नबिकेको सेयर लिलामी मार्फत बेच्न लागेको हो ।
लिलामीको सेयर किन्न ईच्छुक लगानीकर्ताले लघुवित्त कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलमार्फत जेठ २ गतेदेखि ८ गते दिउँसो ३ बजेभित्र आवेदन गर्न सक्नेछन् । आवेदकले साधारण सेयरमा न्यूनतम एकसय कित्ता र संस्थापकतर्फ एक हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा १० कित्ताको गुणांकमा आवेदन गर्नुपर्नेछ ।
बिक्री प्रबन्धकले प्राप्त भएको शिलबन्दी बोलपत्रहरु जेठ ९ गते मंगलबार साधारण सेयरको ३:३० बजे र संस्थापक समुहको ४ बजे एनएमबि क्यापिटल नागपोखरीमा खुला गर्ने जनाएको छ । लिलामीमा सेयर प्राप्त गर्न नसक्ने आवेदकलाई जेठ १७ गते रकम फिर्ता गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
उता मिसन डेभलपमेन्ट बैंक (MIDBL) को हकप्रदमा नबिकेको संस्थापक र साधारण गरि चार लाख १९ हजार ७३० कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले निष्काशन गरेको कुल १९ लाख ४९ हजार २५० कित्तामध्ये ९०३ जना आवेदकलाई १५ लाख २९ हजार ५२० कित्ता सेयर बैशाख १५ गते बाँडफाँड गरेको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । बैंकले गत चैत ३ गतेदेखि बैशाख ६ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री गरेको थियो ।