देवः विकास बैकको चिपमा आधारित कार्ड प्रयोगमा आयो, भारतमा पनि चल्ने

Apr 30, 2017 merolagani

देवः विकास बैक लिमिटेड (DBBL) ले चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड प्रयोगमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई अझ सुरक्षित, विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न चिपमा आधारित कार्ड प्रयोगमा ल्याएको जनाएको छ ।

बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि.को सहकार्यमा यो कार्ड सेवा संचालनमा ल्याएको हो ।

बैकले जारी गरेको भिसा डेविट/एटिएम कार्ड नेपाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिने बैंकका प्रबन्धक नवीन मुनि बज्राचार्यले जानकारी दिए ।

साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेविट/एटिएम कार्डको सेवालाई समेत निरन्तरता प्रदान गरिरहेको जनाएको छ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा १९ करोड ९० लाख रुपैँया खुद नाफा कमाएको छ । जून गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २५५.२६ प्रतिशतले बढी हो ।

बैंकको निष्क्रिय कर्जा एक दशमलव ३९ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलब ९३ प्रतिशत तथा प्रतिसेयर आम्दानी बार्षिक १९ रुपैयाँ १९ पैसा पुगेको छ । यस अधिसम्म बैंकले नौं अर्ब ८१ करोड निक्षेप संकलन गरी आठ अर्ब ७७ करोड रुपैँया कर्जा लगानी गरेको छ ।

गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदपछि बैंकको पूँजी चुक्ता पूँजी एक अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकले साझा विकास बैंक र युनियन फाईनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।