विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट बैंकलाई किनेको प्राइम बैंकले एकीकृत कारोबार थाल्यो

Apr 30, 2017 merolagani

राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउन विराटनगरको विराटलक्ष्मी विकास बैंक र बनेपाको कन्ट्री डेभलपमेन्ट बैंक खरिद गरेको प्राइम बैंक (PCBL) ले एकीकृत कारोबार थालेको छ । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आइतबार सुरुवात गरे ।

प्राइम बैंकले बिराटलक्ष्मीका सेयरधनीलाई एक सय कित्ता बराबर ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीलाई एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर दिएर खरिद गरेको हो ।

दुई विकास बैंक प्राप्तिपछि प्राइमको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकले आगामी असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्नेछ । बाँकी एक अर्ब ६८ करोड रुपैंया पूँजी बैंकले चालु आर्थिक वर्षको कमाई, स्वापबाट बचेको रकम र अन्य स्रोतबाट बोनस सेयर जारी गरी आठ अर्ब पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

दुई संस्थालाई खरिद गरेपछि बैंकको निक्षेप ५९ अर्ब ६९ करोड र कर्जा लगानी ५४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । बैंकको शाखा संख्या ५५ पुगेको छ ।

साथै बैंकले राजधानीको न्युरोडमा रहेको केन्द्रीय कार्यालयलाई कमलपोखरीको आफ्नै भवनमा स्थान्तरण गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।