साथै गर्भनर नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशत नजिक हुँदै गएको बताउँदै भविष्यमा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने उनको भनाई छ। बैकिङ क्षेत्रलाई सुरक्षीत र पारदर्शि बनाउने राष्ट्र बैंकले धेरै काम गरेको, नयाँ कानुन र अदालतका आदेशहरुले राष्ट्र बैंकलाई बलियो बनाउदै लगेको उनले बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बैंकले कम लागतमा ग्राहकमा उत्कृष्ट सेवा प्रवाह गरिरहेको भन्दै तीन संस्था एक भएपछि नयाँ उत्साह थपिएको बताए ।
कार्याक्रममा नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले प्राइम बैंकको प्रगतिबाट अन्य बैंकहरुले सिक्नुपर्ने बताए । आफु आजभोली धेरै ठाउँमा बोल्दै हिड्ने गरेको तर प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले काममा मात्र ध्यान दिएका कारण बैंकको प्रगति भएको उनको भनाई छ । शाहले नम्बर हेरेर भन्दा पनि सोच मिल्नेसँग मर्जरमा जाँदा सबै कुरामा सहज हुने धारणा राखे ।
दुई बैंकको प्राप्तीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड पुगेको छ ।
एकीकृत कारोबारसँगै यसअघि न्युरोडको बिरा कम्पेल्क्स्मा रहेको केन्द्रीय कार्यालयबाट सेवा दिँदै आएको बैंकले स्थानान्तर गरी कमलपोखरीको आफ्नै भवनमा केन्द्रिय कार्यालय सारेको छ ।
प्राईमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंकलाई मिलाएर बैशाख १७ गते आईतबारदेखि एकीकृत कारोबार सुरु गरेको हो