गुहेश्वरीका मर्चेन्टले ४० प्रतिशत हकप्रद पारित गराउन कहिले बोलायो विशेष साधारणसभा ?

Apr 30, 2017 merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिगं एण्ड फाइनान्स (GMFIL) ले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव राखेर बैशाख २९ गते विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले यही बैशाख १९ गते मंगलबार सेयरधनी किताब बन्द गर्ने सूचना नेप्सेलाई आईतबार दिएको हो ।

 फाइनान्सले यसअघि असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकोमा फेरि ४० प्रतिशत हकप्रद सेयर बेच्ने निर्णय गरि विशेष साधारणसभा बोलाएको हो । 

फाइनान्सले अघिल्लो ५० प्रतिशत हकप्रद हकप्रद तथा गत आर्थिक वर्षको १२ प्रतिशत बोनसपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । अहिले फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैंया रहेको छ ।

प्रस्तावित ४० प्रतिशत हकप्रद बिक्री गरे पश्चात फाइनान्सको चुक्ता पूँजी ६९ करोड ०८ लाख रुपैंया नाघ्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि फाइनान्सले अरु ११ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।