बाफिया प्रभाव: धमाधम सांसदहरुले बैंक छाड्न थाले, माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त

Apr 30, 2017 merolagani

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन (वाफिया) कार्यान्वयनमा आएसँगै धमाधम बैंक तथा वित्तिय संस्थाबाट सांसदहरु बाहिरन थालेका छन । सांसद रहेका सिभिल बैंक अध्यक्ष इच्छाराज तामाङले पद छाडे लगत्तै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले पनि अध्यक्ष पदबाट राजिनामा दिएका छन ।



बाफियाको प्रावधान अनुसार संवैधानिक पदमा रहेको व्यक्ति बैंक सञ्चालक एवं अध्यक्ष बन्न नपाउने भएपछि उनीहरुले राजिनामा दिन थालेका हुन ।

माछापुच्छ्रे बैंकको अध्यक्षबाट महोतोले राजिनामा दिएपछि रोशन के.सी. लाई सञ्चालक समितिले अध्यक्षमा मनोनित गरेको छ ।

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पद छाडेपछि उनको स्थानमा अम्बिर बोगटी नियुक्त भएका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।