चिलिमेका दुई सहायक कम्पनीले साढे दुई अर्बको सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा दिए निवेदन, कसले किन्न पाउँछन् ?

May 01, 2017 merolagani

चिलिमेका दुई सहायक कम्पनी साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीले दुई अर्ब ५१ करोड ८१ लाख चार हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।साञ्जेनले रसुवा जिल्लामा सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र  रसुवागढी जलविद्युत्त आयोजनाले  १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छन् ।

साञ्जेन जलविद्युत्त कम्पनीले ८७ करोड ६० लाख रुपैयाँको एकसय रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न निवेदन दिएको हो । अर्को कम्पनी रसुवागढी हाईड्रोपावरले एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँको एकसय रुपैयाँ अंकित दरका एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गरेको छ ।

साञ्जेन जलविद्युत्त कम्पनीले साधारण सेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।  रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी  सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।

दुबै जलविद्युत्त कम्पनीले हाल निष्काशन गर्न लागेका सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् । अहिले निष्काशन गर्न लागेको प्राथमिक सेयरमा नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुले मात्र  आवेदन गर्न पाउनेछन् ।

 चिलिमे हाइड्रोपावर लिमिटेड नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।