नेपाल लाईफले चुक्ता पूँजी तीन अर्ब नघाउँदा कारोबार र नाफा कति बढायो ?

May 02, 2017 Merolagani

नेपाल लाईफ(NLIC)ले नेपालका जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पूँजी भएको कम्पनीमा स्थापित भएर सोही अुनसार बीमा ब्यवसाय र खुद नाफा पनि बढाउँदै लगेको छ । नेपाल लाईफले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब ७३ करोड चुक्ता पूँजी कायम गरेकोमा यस बर्षको सोही अवधिसम्म चुक्ता पूँजी तीन अर्ब ९ करोड पुर्याएको छ ।

 चुक्ता पूँजी मात्रै हैन, उसको जगेडा कोष पनि ७२ करोड ८७ लाख रुपैयाँबाट चार अर्ब ७३ करोड नाघेको छ । उसको चुक्ता पूँजी र जगेडा कोष धेरै बढ्नुमा े हालै बिक्री गरेको थप नयाँ साधारण सेयर (एफपीओ) र त्यसको प्रिमियम हो । जगेडा कोषमा ५५६ प्रतिशतले बृद्धि गरेको नेपाल लाईफसँग लगानीकर्तालाई बोनस मात्र दिनुपर्ने चार अर्ब भन्दा बढी रकम छ ।

नेपाल लाईफले खुद नाफालाई समेत ७२ प्रतिशतले बढाएर ४० करोड नघाएको छ । यो बिमांकीय मुल्यांकन अघिको हिसाब भएकाले बास्तविक खुद नाफा यो भन्दा अरु धेरै हुनसक्छ ।

कारोबार बिस्तार तर्फ खुद बीमा शुल्क ६ अर्ब २३ करोडबाट ७ अर्ब ८१ करोड पुर्याएको नेपाल लाईफले बिमितहरुको संख्या पनि एक बर्षमा १६ हजारले बढाएर एक लाख २४ हजार नघाएको छ । उसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ, प्रति सेयर नेटवर्थ २६० रुपैयाँ, मूल्य आम्दानी अनुपात १४१ गुणा र औसत प्रतिफल दर ७.५८ प्रतिशत रहेको छ ।

बीमा समितिले तोकेको जीवन बिमा कम्पनीहरुको चुक्ता पूँजी दुई अर्ब भन्दा धेरै कायम गरेकाले उसलाई पूँजी बृद्धि स्वेच्छिक बन्न गएको छ ।


नेपाल लाईफको बोनस दर ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म रहेकाले जीवन बीमा गर्नेहरुले पनि राम्रै प्रतिफल हासिल गरिरहेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।