नबिलको बैंकको प्रगति नियालौ
रकमलाई करोडमा देखाईएको छ ।
अब नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रगति तुलना गरौ
रकमलाई करोडमा देखाईएको छ ।
पत्ता लागेका केही कुराहरु
-चुक्ता पूँजी र जगेडा कोष संकलनमा नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि छ ।
-निक्षेप संकलन र कर्जा परिचालनमा पनि ईन्भेष्टमेन्टले उछिनेर अगाडि बढेको छ ।
-खुद ब्याज आम्दानीमा नबिलले अग्रता लिएको छ तर संचालन नाफा बृद्धिर्मा ईन्भेष्टमेन्टले उछिनेको छ ।
-खुद नाफा बृद्धि दर दुबैको उस्तै देखिन्छ ।
-ईन्भेष्टमेन्टको खुद नाफा मेरोलगानीले आँकलन गरेको भन्दा सात करोडले बढी हो भने नबिलको आँकलन गरिएकै थिएन ।
-पूँजी कोष नबिलको भन्दा ईन्भेष्टमेन्टको राम्रो छ ।
-दुबै बैंकले निस्क्रिय कर्जा घटाउनमा प्रगति गरेका छन् तर तुलनात्मक रुपमा ईन्भेष्टमेन्ट बैंकको अबस्था राम्रो छ ।
कर्जा जोखिम वापतको रकम ब्यवस्था नेपाल ईन्भेष्टमेन्टले बढी गरेको छ ।
-कर्मचारी र संचालन खर्च बृद्धिमा थोरै मात्र अन्तर छ ।
- नबिलको चुक्ता पूँजी आठ अर्ब पुग्न अझै बाँकी छ भने नेपाल ईन्भेष्टमेन्टको चुक्ता पूँजी आठ अर्ब नाघिसकेको छ ।
-नेपाल ईन्भेष्टमेन्टको जगेडा कोषमा बोनस सेयर दिनसक्ने धेरै रकम छ भने नबिलको तुलनात्मक रुपमा कम छ ।
-प्रति सेयर आम्दानीको आधारमा भन्दा नबिलको धेरै छ तर सेयर मूल्यको आधारमा भन्दा नेपाल ईन्भेष्टमेन्टको सस्तो छ । मूल्य आम्दानी अनुपात नबिलको २७ गुणा छ भने नेपाल ईन्भेष्टमेन्टको २२ गुणा हाराहारीमा छ ।
-ईक्विटीमा प्रतिफलको हिसावले हेर्दा नबिलको २८ प्रतिशत र नेपाल ईन्भेष्टमेन्टको १७ प्रतिशत देखाईएको छ ।
नबिलको कोषको लागत २.२८ प्रतिशत छ भने ईन्भेष्टमेन्टको ४.५५ प्रतिशत अर्थात तुलनात्मक रुपमा महंगो छ ।
-ईन्भेष्टमेन्टको भन्दा नबिलको कर्जा निक्षेप अनुपात खुम्चिएकाले धेरै लगानी बढाउँनसक्ने अबस्था छैन ।
समग्रमा भन्दा दुबै बैंकहरुको प्रगति राम्रो छ ।