बैंकको गत पुषमा सम्पन्न २१ औ साधारणसभाले पूँजीवृद्धि गर्न थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले एफपीओको संख्या निर्धारण गरेपनि मुल्य भने सार्वजनिक गरेको छैन । बैंकले यसै साता एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गर्ने र बोर्डको मापदण्ड अनुसार नै एफपीओको मूल्य निर्धारण हुने जनाएको छ ।
नेदरल्याण्डको एफएमओ बिदेशी साझेदारले २० प्रतिशत सेयर संस्थापक किनेपछि एनएमबी बैंकले सर्वसाधारणको हिस्सा बढाउँन थप नयाँ साधारण सेयर(एफपीओ) जारी गर्नु परेको हो । एनएमबीले केही महिना अघि नेदरल्याण्डको एफएमओलाई २० प्रतिशत हिस्सा कायम हुने गरी झण्डै ९४ लाख कित्ता संस्थापक सेयर प्रिमियम मूल्यमा बेचेको थियो । प्रति किक्ता १५० रुपैयाँ प्रिमियम थप गरी बेचिएको सो सेयरबाट संकलित झण्डै डेढ अर्ब उसको जगेडा कोषमा गएको छ ।
हाल बैंकको ६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको छ । बैंकले गत बर्षको खुद नाफाबाट १९ प्रतिशत बोनस वितरण गरेर पूँजी बढाएको हो ।
बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड नाफा कमाएर प्रति सेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा कायम गरेको छ । उसको जगेडा कोषमा ३ अर्ब ९५ करोड रहेको छ ।