हकप्रद निष्काशन सम्वन्धी सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गरे ।
बैंकले आगामी जेठ ४ गते बोलाएको साधारण सभाबाट पारित हुने वोनश शेयर तथा यूनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि लक्ष्मी क्यापिटललाई बिक्री/निष्काशन प्रबन्धकमा नियुक्त गरेको हो ।
बैंकले गत आर्थिक बर्षको बोनसबाट २.८० प्रतिशत बोनस प्रस्ताव गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार सिभिलको चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख रहेको छ । हकप्रद शेयर जारी गरे पश्चात र चालु आर्थिक बर्षको प्रक्षेपीत वोनश शेयरबाट चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको बमोजिम हुने बैंकले जनाएको छ ।