एभरेष्ट बैंकले पारित गर्यो अरु संस्था मर्ज र एक्विजिशन गर्ने प्रस्ताब, कुन संस्था किन्ला ?

May 03, 2017 Merolagani

एभरेष्टका अध्यक्ष बीके श्रेष्ठले भने-संस्था किनेर जगेडा कोष बलियो भएपछि नगद लाभांश खानुपर्छ

एभरेष्ट बैंक (EBL) ले बिशेष साधारणसभा गरी अरु संस्था मर्ज र एक्विजिशन गर्ने र संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्ने प्रस्ताब पारित गरेको छ ।

राजधानीमा बुधबार आयोजित बिशेष साधारण सभाले मर्ज र एक्विजिशनसम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालन समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

त्यस्तै हकप्रद निश्काशनको क्रममा कायम भएका सेयरधनीले अरुलाई हक हस्तान्तरण गर्नसक्ने अधिकार दिने सम्बन्धी ब्यवस्था मिलाउने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभामा एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले अरु संस्थालाई किनेर जगेडा कोष बलियो बनाउने योजना सुनाएका थिए । 

अध्यक्ष श्रेष्ठले भने, ‘कुनै पनि संस्था बलियो हुने जगेडा कोषको आकारले हो । हामी त्यही आधार बनाउन चार सय पचास रुपैंयासम्म सेयर मूल्य भएको र जगेडा कोष राम्रो भएको कुनै संस्थालाई भित्र्याउँछौं । धेरै संस्थासँग कुरा भैरहेका छन् । अन्तिम निर्णय अहिले नै भन्न सकिन्न ।’

...[एभरेष्ट बैंकको सेयर उचालिएर किन्नेलाई आयो झट्का लाग्ने खबर]...

पञ्जाब नेशनल बैंकको साझेदारी रहेको एभरेष्टले विगतमा नगद लाभांसलाई प्राथमिकतामा राख्दै आएको थियो । पूँजी आठ अर्ब पुर्याउनु पर्ने बाध्यताले गत आर्थिक वर्षमा ७० प्रतिशत बोनस बितरण गरे पनि अब बैंकले नगद लाभांसलाई नै प्राथमिकता दिने संकेत अध्यक्ष श्रेष्ठले दिए ।

‘लाभांस भनेको सिधै पाइने पैसा हो । अहिले जगेडा कोष  ७० प्रतिशत बोनस बाँडेर एकै पटक धेरै घटेका कारण अब नगद लाभांस नै बितरण गर्नु पर्ने अवस्था आउन सक्छ । यसका लागि पूँजी तथा जगेडा राम्रो भएको संस्थाहरु हाम्रो नजरमा छन् ।’

साधारण सभामा सेयरधनीहरुले अन्यौलका विषय प्रष्ट पार्न बैंक व्यवस्थापनसँग आग्रह गरेका थिए । प्रतिउत्तरमा बैंकका अध्यक्ष श्रेष्ठले सेयरधनीलाई भने, ‘स्टाण्डर्ड चार्टर्ड र नबिल बाहेक सबै संस्थासँग एक चरण कुरा भैसकेको छ ।’

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।