बुधबार सूचिकृत भएको सेयरमध्ये एभरेष्ट बैंकको एक करोड ८६ लाख ३८ हजार २२८.४१ कित्ता बोनस सेयर रहेको छ ।
जनता बैंकको एक करोड दुई लाख ७८ हजार २७४ कित्ता हकप्रद तथा २४ लाख ७२ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
बुधबारै सप्तकोशी डेभलपमेन्ट बैंकले दश लाख कित्ता हकप्रद तथा एक लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत गराएको हो । उता काक्रेविहार विकास बैंकले एक लाख १५ हजार ६९५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत गराएको छ ।
त्यस्तै किसन माईक्रोफाईनान्सको एक लाख २२ हजार कित्ता बोनस तथा यूनाइटेड फाइनान्सले तीन हजार एक सय ५२ कित्ता बोनस सेयर पनि बुधबार नै सुचिकृत गराएका छन् ।