एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

May 03, 2017 merolagani

एभरेष्ट बैंक (EBL) ले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको छ । बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

 बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बैकको सेयर निष्काशनमा एनआईएल क्यापिटल रहेको छ । 

तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

बैंकले बुधबार नै विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । यसअघि हकप्रद र बोनसबाटै राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने योजना बनाएको भएपनि विशेष साधारणसभा मार्फत एक्वायर गरेर नै चुक्ता पूँजी पुर्याउने निर्णय बैंकले गरेको हो । 

 

एभरेष्ट बैंकले पारित गर्यो अरु संस्था मर्ज र एक्विजिशन गर्ने प्रस्ताब, कुन संस्था किन्ला ?

एभरेष्ट बैंकको तेस्रो त्रैमास हेर्दा कस्तो देखिन्छ प्रगति ?

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।