लक्ष्मी बैंकको तेस्रो त्रैमासको प्रगतिलाई बिश्लेषण गर्दा उसको प्रगति मन्द नै भएको देखापर्छ ।
लक्ष्मीले हालै शतप्रतिशत हकप्रद बिक्री र त्यसलाई समेत समायोजन हुने गरी १९ प्रतिशत हाराहारीमा बोनस दिने प्रस्ताब गरेको छ । उसले प्रस्ताब गरेको बोनस अघिल्ला दुई बर्षको संचित नाफाबाट हो । पूँजी थपिए अनुसार प्रगति गर्न बैंकले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
प्रोफेशनल दियालो बिकास बैंकलाई आफुमा गाभेर १२ करोड चुक्ता पूँजी बढाएको छ । बैंकको निस्क्रिय कर्जा बढ्नु र कोषको लागत ६ं.७६ प्रतिशत हुनुले उसलाई चौथो त्रैमासमा नाफा बढाउन धेरै चुनौतिको सामना गर्नुपर्छ ।
इृक्विटीमा प्रतिफलको अबस्था १०.७२ प्रतिशतमा खुम्चिनु अलि गंभीर कुरा हो तर प्रति सेयर नेटवर्थ हेर्र्दा बैंक बलियो अबस्थामा देखापर्छ । आफ्नै सामुहिक लगानी कोष, क्यापिटल, माईक्रोफाइृनान्स, प्राईम लाईफ ईन्स्योरेन्समा संस्थापक लगानी लगायतका कुरा हेर्दा बैंकको समग्र अबस्थालाई कमजोर भन्न मिल्दैन ।