६२ लाख कित्ता एफपीओ जारी गरेपछि कस्तो होला बैंक अफ काठमाण्डुको प्रगति ?

May 04, 2017 Merolagani

लुम्बिनी बैंकसँग मर्ज भएको बैंक अफ काठमाण्डुले तेस्रो त्रैमासको प्रगति बिबरण पस्कदा चौथो त्रैमासमा अभुतपूर्व प्रगति गर्नुपर्ने आबश्यकता अरु प्रखर बनेको छ । लुम्बिनी बैंकले गत बर्षको तेस्रो त्रैमाससम्ममा कमाएकोलाई समेत जोड्दा बैंक अफ काठमाण्डुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १३ करोडले मात्र बढाउन सकेको देखिन्छ, जुन अपर्याप्त छ ।

प्रति त्रैमास ३० करोडको दरले खुद नाफा गर्दै गएको आधारमा हेर्ने हो भने बैंक अफ काण्ठमाण्डुको प्रगति दोस्रो त्रैमासकै लयमा छ ।

संस्थापक सेयरधनीको हिस्सा बढाउँन ६२ लाख कित्ता थप नयाँ संस्थापक सेयर अर्थात एफपीओ जारी गर्ने प्रक्रियामा गएको बैंकले त्यसलाई समेत समायोजन गरी एक अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर दिएर चुक्ता पूँजी आठ अर्ब बनाउँने लक्ष्य लिएको देखिन्छ । चालु आर्थिक बर्षको खुद नाफा र एफपीओबाट पप्त हुने प्रिमियम नै उसले एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस दिने आधार हो । तर त्यस बेला हुने प्रतिसेयर आम्दानीको ब्यापक गिरावटलाई सन्तुलनमा राख्न धेरै प्रगति गर्नुपर्ने आबश्यकता छ ।

दुई बाणिज्य बैंक एक हुँदाको कर्मचारी र संचालन खर्चको भार अलि बढी हुनुका साथै कोषको लागत पनि बढ्दाको मार त उसलाई परेकै छ । दुई बाणिज्य बैंक मिल्दा प्राप्त भएको शक्तिले निस्क्रिय कर्जा अनुपात घटाएर क्रमबद्ध प्रगति गर्ने बैंकमा दरिएको बीओकेलाई अब भने आफ्नो रफ्तार बढाउनुपर्ने आबश्यकता छ । 

मर्जपछिको कर्मचारी र शाखा ब्यवस्थापन अब लगभग सकिएकाले उसले प्रगति गर्नेमा बढी ध्यान केन्द्रित गर्ला भनी लगानीकर्ताले आशा गर्नु स्वभाविक छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।