जनता बैंकको लिलामीको संस्थापक सेयरमा आवेदन गर्ने अन्तिम दिन

May 04, 2017 merolagani

जनता बैकले बैशाख १५ गतेदेखि लिलामीमा राखेको २१ हजार ६२६ कित्ता संस्थापक सेयरमा बोलपत्र पेश गर्ने विहीबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताले लिलामीको सेयरमा विहीबार दिउँसो तीन बजेसम्म बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ कमलपोखरीबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामीको सेयर लिन इच्छुक खरिदकर्ताले संस्थापक समूहको न्यूनतम एक हजार कित्ता वा त्यो भन्दा बढी १० अंकले गुणान जाने सबै २१ हजार ७२६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता सेयर बिक्री खुला गरेकोमा तीन करोड ७४ लाख आठ सय कित्ता संस्थापक सेयरमात्र बिक्री भएपछि बैंकले पुन लिलामी खोलेको हो ।

बोलपत्र बैशाख २२ गते एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरीमा दिउसो ३ बजे खोलिनेछ भने बैशाख २६ गते यसको बाँडफाँट हुनेछ । सेयर नपरेका लगानीकर्तालाई बैशाख २९ गतेबाट रकम फिर्ता गर्ने एनसीएमले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।