हाम्रो विकास बैंकको हकप्रद जेठ ७ देखि बिक्री हुने

May 04, 2017 merolagani

हाम्रो विकास बैंक (HAMRO) ले जेठ ७ गतेदेखि दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैँया मूल्य बराबरको ३० लाख ५८ हजार ३३९ कित्ता सेयर जारी गर्न लागेको हो ।

बैंकको हकप्रदमा बैशाख १० गतेसम्म सेयर किनेका लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

सेयरधनीले विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स,लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी र हाम्रो विकास बैंकको सबै शाखाबाट असार ११ गतेसम्म  हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

हाल १५ करोड २९ लाख रुपैँया चुक्ता पूँजीको हाम्रोको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप चार करोड १३ लाख रुपैँया पूँजी थप गर्नु पर्ने हुन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी २७.३ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।