लिलामी सेयर सर्कान ईच्छुक लगानीकर्ताले जेठ ५ देखि २१ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा बोलपत्र पेस गर्न सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ माथि मूल्य तोकेर सर्वसाधारण सेयरमा न्यूनतम एक सय तथा संस्थापक सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा १० कित्ताको गुणांकमा गर्नुपर्ने हुन्छ ।
इन्स्योरेन्सले संस्थापकको बोलपत्र जेठ १२ गते दिउँसो १.३० बजे र साधारणको दिउँसो २ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोली १९ गते बाँडफाँड गर्ने जनाएको छ । सेयर नपाउने लगानीकर्ताले जेठ २४ गतेदेखि रकम फिर्ता पाउनेछन् ।
नेकोले फागुन ३ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सेयर अहिले बेच्न लागेको हो ।