तीन करोड बढाएर ३४ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी बनाएको फाईनान्सले यस अवधिमा एक अर्ब ३६ करोड ५२ लाख निक्षेप संकलन तथा एक अर्ब ३६ करोड ६८ लाख रुपैयाँ कर्जा लगानीबाट नौं करोड ३१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानीमा १२२ प्रतिशतको वृद्धि भएको छ ।
समिक्षा अवधिमा फाईनान्सको जगेडाकोष सात करोड १३ लाख रुपैयाँ बढेर २१ करोड २० लाख रुपैयाँ पुगेको छ । नौ महिनामा कम्पनीले सात करोड ४२ लाख सञ्चालन नाफा कमाएको छ । एक करोड ३६ लाख रुपैयाँ संम्भावित जोखिमको लागि व्यवस्था गरेको फाइनान्सले यस अवधिमा दुई करोड ७८ लाख रुपैयाँ राईटव्याक गर्न सफल भएको छ ।
गत आर्थिक बर्षको तेस्रो त्रैमासमा ३.९७ प्रतिशत रहेको फाईनान्सको निस्क्रिय कर्जा बढेर ५.२८ प्रतिशतमा पुगेको छ । उसको प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.०२ रुपैँया, तरलता अनुपात ३५.५९ प्रतिशत तथा मूल्य आम्दानी अनुपात १३.७२ गुणा रहेको छ ।