कृषि बिकास बैंकको प्रगति हेर्दा चौथो त्रैमासको अनुमान कसरी लगाउने ?

May 05, 2017 Merolagani

सरकारी स्वामित्व धेरै भएको कृषि बिकास बैंकलाई केही बर्षअघिसम्म धेरै लगानीकर्ताले खासै पत्याउँदैन थिए । खराब कर्जा धेरै हुने र नाफा पनि बढाउँन नसक्ने भन्दै तल्लो कोटीमा राखेर हेर्ने प्रबृत्ति आम लगानीकर्तामा थियो तर पछिल्ला बर्षहरुमा उसले आफुमाथि लागेको आरोप पखालेर क्रमबद्ध रुपमा आकर्षक प्रगति गर्दै गएको छ, जसलाई चालु बर्षको तेस्रो त्रैमासको प्रगति बिबरणले पनि पुष्टि गर्छ ।

कृषि बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ५७ करोड खुद नाफा गरेर गत बर्षको सोही अवधिको तुलनामा झण्डै ३० प्रतिशतले बढाएको छ । बैंकले निस्क्रिय कर्जा घटाउन ठूलो सफलता हासिल गरेको छ । ५० प्रतिशत हकप्रद बिक्री र त्यसमाथि २० प्रतिशत बोनस दिएर ८० प्रतिशत पूँजी बढाउँदा प्रतिसेयर आम्दानीमा भने संकुचन देखा परेको छ ।

नोटः रकमलाई करोडमा देर्खाइएको छ । 

मेरोलगानी डटकमले कृषि बिकास बैंकले एक अर्ब ८० करोड खुद नाफा कमाउँने आँकलन गरेकोमा झापा धुलाबारीको जग्गा बिक्रीको पैसा देखाउँन नपाएकोले एक अर्ब ५७ करोडमा सिमित भएको छ । तेस्रो त्रैमास भन्दा चौथो त्रैमासमा कृषि बिकास बैंकले अभुतपुर्व प्रगति गर्ने प्रबृत्ति रहेका कारण झापाको ५७ करोडको जग्गा बिक्री र अन्य कारणले चौथो त्रैमासमा उल्लेखनीय प्रगति बिबरण पस्कने संभावना बढेर गएको छ । त्यसमाथि काठमाडौको पुतलीसडकका एक ठूला ऋणी र अरु कर्जाहरु असुलीमा पनि कडाई गर्यो भने बैंकको चौथो त्रैमास धेरै सुखद हुनसक्छ । 

कृषि बेंकका साधारण चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै हुनु, प्रति सेयर नेटवर्थ २१८ रुपैयाँ रहनु, ब्याज आम्दानी र संचालन नाफा बढाउँदै लैजानु जस्ता सकारात्मक पक्षहरु हुन । पाँच अर्ब १५ करोड रुपैयाँ ब्याज आम्दानी गरे पनि कर्मचारी खर्च मात्रै दुई अर्ब ६३ करोड गर्नुपर्दा धेरै रकम घटेको छ । पुराना कर्मचारीलाई बिदा दिएर क्षमतावान नयाँ कर्मचारी भर्ना गरी खर्च नियन्त्रण गरेको अबस्थामा बैंकको प्रगति अरु सुदृढ हुनसक्ने संभावना छ ।

निक्षेप संकलन र कर्जा प्रबाहमा संकुचन आएको छ भने कोषको लागत बढेर ५.६० प्रतिशतमा उक्लनुले बैंकलाई अरु चुनौति थपिएको छ । समग्रमा बैंकको प्रगति राम्रो भए पनि २५० कार्यालयहरुको खर्च नियन्त्रण र कार्य कुशलता बढाउनुु पर्ने आबश्यकता बैंकलाई खटकिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।