लक्ष्मी ईक्विटी फण्डको एक अर्बको ईकाईको बिक्री खुल्यो, २६ गतेसम्म आवेदन गर्न पाइने

May 05, 2017 merolagani

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणका लागि शुक्रबारदेखि बिक्री खुला गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड बिक्रीमा ल्याएको हो ।

लक्ष्मी ईक्विटी फण्डमा बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म आबेदन लिने र तोकिएको चार कार्य दिनमा सबै ईकाई बिक्री नभएमा जेठ पाँच गतेसम्म बिक्री अवधि बढ्न सक्नेगरी अवधि तोकिएको छ ।

सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० इकाईदेखि एक करोड ईकाईसम्मका लागि आबेदन गर्न सक्नेछन् ।

लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखाहरुबाट आबेदन पत्र प्राप्त गरी माग गरे बराबरको रकम बुझाएर पेश गर्न सकिनेछ । यस बाहेक आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट समेत फण्डको ईकाईमा आवेदन गर्न सकिनेछ । 

लक्ष्मी क्यापिटलले ईकाई बिक्रीबाट प्राप्त हुने अधिकांश रकम सेयर बजारमै परिचालन गर्नेछ । यस्ता कोषहरुको उपस्थितिबाट नेपालको सेयर बजारलाई स्थायित्वमा आड मिलेको छ ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने तथा नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्न यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।