एनबी इन्स्योरेन्सले तोक्यो शतप्रतिशत हकप्रद जारी गर्न बुकक्लोजको मिति

May 05, 2017 merolagani

एनबी इन्स्योरेन्सले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद जारी गर्न जेठ ४ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार जेठ ३ गतेसम्म कम्पनीको सेयरधनी बनेका लगानीकर्ताले मात्र हकप्रद भर्न पाउनेछन् ।

हाल  कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैँया रहेको छ । शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुग्नेछ ।

साथै कम्पनीको चुक्ता पूँजीको एक प्रतिशतभन्दा धेरै सेयर धारण गरेका सञ्चालक तथा आधारभुत सेयरधनीहरुलाई आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर वापतको रकम ईन्स्योरेन्सको ग्लोबल आईएमई बैंक कमलादी शाखामा रहेको खाता ७५०१०१००००७७३ मा जेठ ११ गतेसम्म जम्मा गर्न अनुरोध गरेको छ । 

 यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरिसकेको इन्स्योरेन्सले बीमा समितिले एक अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने निर्णय गरेपछि शतप्रतिशत हकप्रदको बाटो समातेको हो । 

एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित विकास गर्न र पूँजी वृद्धिलाई प्राथमिकतामा राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।