किन हुन सकेन स्टाण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड ?

May 05, 2017 Merolagani

शुक्रबार बाँडफाँड हुने भनिएको स्टाण्डर्ड चार्टर्ड बैंकको थप नयाँ सेयर प्राविधिक कारणले बाँडफाँड नहुने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै तयारी पुरा भए पनि तथ्यांकमा आएको त्रुटीका कारण शुक्रबार सेयर बाँडफाँड गर्न नसकिएको जनाएको छ ।

यस अघि धितोपत्र बोर्डले क्यापिटललाई शुक्रबार भित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार तयारी गर्ने क्रममा केही बैंक तथा वित्तीय संस्थाबाट आस्बाको अन्तिम तथ्यांक आउँदा त्रुटी भएको भन्दै शुक्रबार सेयर बाँडफाँडमा अन्यौलता भएको जनाएको हो ।

आस्बाको तथ्यांक रिकन्सिलेशनमा समस्या आएका कारण क्यापिटलले शुक्रबार बिहान धितोपत्र बोर्डलाई सो सम्बन्धमा जानकारी समेत गराएको छ । शनिबार सार्वजनिक बिदा परेका कारण अब बैंकको एफपीओ आइतबार मात्र बाँडफाँड हुने देखिएको हो ।

आस्बाबाट सेयर आवेदन संकलन गरी बिक्री प्रबन्धक एनएमबी क्यापिटल तथा धितोपत्र बोर्डमा तथ्यांक पठाउने क्रममा केही संस्थाको तथ्यांक फरक परेका कारण शुक्रबार सेयर बाँडफाँड हुन नसकेको हो । यस्तो समस्या आए पछि क्यापिटलले प्रत्येक आवेदनको तथ्यांक एक एक गर्दै रुजु गरिरहेको छ ।

बैंकले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेको थियो ।

चार्टडको एफपीओमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ७०।२१ प्रतिशत र सर्वसाधारणको २९।७९ प्रतिशत हुनेछ ।

......मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।