दुबै बैंकले शेयर मुल्य अनुपात १ः१ कायम गर्ने प्रस्ताब पारित गरेका हुन । मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने बताइएको छ ।
यस्तै यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभीए पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक लि. रहने प्रस्ताब समेत पारित भएको छ ।
उक्त साधारण सभाले उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा बिदेशी रणनैतिक साझेदार भित्राउने प्रस्ताव समेत अनुमोदन गरेको छ । त्यस्तै मर्जर , एक्यूजिसन सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्ने अख्तियारी संचालक समिती वा संचालक समितीले तोके बमोजिम मर्जर समितीलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ ।
त्यसै गरी महालक्ष्मीको साधारणसभाले आगामी ४ वर्षको लागी ७ जना संचालकहरु चयन गरेको छ । जसअनुसार संस्थापक समूह अन्तर्गत संजय गिरी, राजेश कुमार रौनियार, माधव लाल श्रेष्ठ तथा प्रेम कुमार उलक निर्वाचित भएका छन । सर्वसाधारण समूह अन्तर्गत डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्याम सुन्दर रु¨टा निर्वाचित भएका हुन ।
निर्वाचन पश्चात बसेको संचालक समितिको बैठकले राजेश कुमार रौनियारलाई बैंकको अध्यक्ष चयन गरेको छ ।
यता यती डेभलपमेन्ट बैंकले जारी गर्ने भनेको दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी नगर्ने प्रस्ताव यतीको साधारणसभाले पारित गरेको छ ।
मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड , कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्न भै देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने दाबी गरिएको छ ।
......मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।