अपिले गत आवको यहि अवधिमा विद्युत्त बिक्रीबाट आठ करोड ५१ लाख कमाएकोमा ४३ प्रतिशतले बढाउँदै हाल १२ करोड १५ लाख कमाएको छ । कम्पनीको ८६ करोड २६ लाख दिर्घकालीन कर्जा लिएको छ भने बेहोर्नुपर्ने दायित्व २६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी १२ करोड २३ लाख ३८ हजार आम्दानी पुगेको छ भने सञ्चालन खर्च एक करोड ५९ लाख र गैर सञ्चालन खर्च छ करोड १९ लाख भएको छ । हाल एक अर्ब पाँच करोड चुक्ता पूँजी रहेको कम्पनीले एक बराबर दुई अनुपातमा हकप्रद सेयर जारीपछि कम्पनीको पूँजी तीन अर्ब १० करोड पुग्नेछ ।
अपि पावर कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत्त आयोजना यसअघि नै निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले अरुण काबेली जलविद्युत्त आयोजनामा पाँच करोड लगानी समेत गरेको छ । कम्पनीको जगेडाकोषमा पाँच करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी वार्षिक पाँच दशमलव ६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०८.९ गुणा रहेको छ ।
उता नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा यही वैशाख देखि सेयर कारोबार शुरू गरेको अरूण कावेलीको एक अर्ब ५० करोड चुक्ता पूँजी र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१६.९३ रुपैयाँ रहेको छ । कम्पनीको चालू सम्पत्ति ४६ करोड ५ लाख २९ हजार र तिर्नुपर्ने दायित्वमा ३५ करोड ५९ लाख रहेको छ ।
कावेलीको तीन करोड दुई लाख बैङ्क मौजात र जगेडाकोषमा एक करोड ३८ लाख ऋणात्मक रहेको छ । २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजना निर्माण कार्य भइरहेको र निकट भविष्यमा आयोजनमा निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको व्यवसायिक योजना रहेको छ ।