बिघटनको डिलमा पुगेर फर्किएको एनबी ईन्स्योरेन्सले गर्यो आकर्षक प्रगति

May 08, 2017 Merolagani

एनबी समूहको बदमासीले बिघटनको डिलमा पुगेर फर्किएको एनबी ईन्स्योरेन्स(NBIL)ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा आशलाग्दो प्रगति गरेको बिबरण पस्केको छ ।

कम्पनीले खुद नाफामा अघिल्लो बर्षको तुलनामा १८१ प्रतिशतले बृद्धि गरी छ करोड रुपैयाँ नघाएको छ । २७ करोड चुक्ता पूँजी रहेकको कम्पनीले जगेडा कोष र बीमा कोषमा पनि भारी बृद्धि गरेको छ ।

खुद बीमा शुल्क आर्जन ३६० प्रतिशतले बढाएर कम्पनीले आगामी दिनमा राम्रो परिणाम ल्याउने संकेत देखाएको छ ।

कम्पनीले प्रति सेयर आम्दानी ३० रुपैयाँ कायम गरेको छ । प्रति सेयर नेटवर्थ ११८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७ गुणा रहेको छ ।

हाथ्वे समूहले संस्थापक स्वामित्व धेरै किनेर हालै साधारणसभा सम्पन्न गरेको छ । गत बर्ष कम्पनी घाटामा रहेकाले कुनै लाभांश बितरण गर्न सकेन । कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर बेचेर चुक्ता पूँजी बढाउने प्रक्रिया पनि अगाडि बढाएको छ । 

...मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। ...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।