अरूण भ्यालीको चुक्ता पूँजी ८४ करोड ८१ लाख रुपैयाँ र जगेडाकोषमा तीन करोड ७३ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी सात करोड ७६ लाख बढेको छ भने जगेडाकोष दुई करोड ४७ लाख रुपैयाँ घटेको छ । त्यस्तै कम्पनीले ५४ करोड ९१ लाख रुपैयाँ कुल लगानी गरेको छ ।
कम्पनीले यस अवधिमा विद्युत्त बिक्रीबाट चार करोड १० लाख रुपैयाँ कमाएको छ । गत बर्ष पाँच करोड २३ लाख कमाएको थियो । कम्पनीको १७ लाख ३७ हजार बैङ्क मौजात र लाभांशका लागि आठ करोड १५ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको कुल आम्दानी पाँच करोड ५७ लाख रुपैयाँ कमाएको छ भने चार करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको चालु सम्पत्ति सात करोड ८५ लाख र दायित्व दुई करोड रुपैयाँ भएकाले पाँच करोड ८३ लाख खुद चालु सम्पत्ति कम्पनीसँग रहेको छ ।
यस अवधिमा गैर सञ्चालन खर्च ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले नयाँ आयोजना सञ्चालन गर्ने पुर्वतयारी थालेको प्रतिवेदनमा जनाएको छ ।
अरूण भ्यालीको प्रतिसेयर आम्दानी वार्षिक पाँच दशमलव ४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०६.७८ रुपैयाँ रहेको छ ।
......मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।