सेयरबजारमा आठ अंकको सुधार, एसबिआई बैंकको किन भयो उच्च कारोबार ?

May 08, 2017 merolagani

गत सातादेखि लगातार ओरालो लागेको सेयरबजारमा सोमबार सामान्य सुधार आएको छ । कारोबारमा आएका अन्य बाहेक सबै समूह उकालो लाग्दा ८.३२ अंकले बढेर १६३७.३० अंकमा पुगेको छ । बजार बढेपनि कारोबारमा भने कमी आएको छ ।

यसदिन सेयरबजारमा १४२ कम्पनीको ५७ करोड बढीको सेयर किनबेच भयो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने १२ करोडले कमी आएको छ । यसदिन बजार पूँजीकरण ९ अर्बले बढेर १८ खर्ब ९८ अर्ब पुगेको छ ।


सोमबार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । यसदिन होटल समुहको परिसुचक सवैभन्दा बढी ६१ दशमलव ३२ अंकले बढेको छ ।

त्यस्तै बीमा समुह ३८ दशमलव १७, जलविद्युत १२, विकास बैंक ११ दशमलव ७ बैंकिङ समुह ७ दशमलव ७१ अंकले बढेको छ । त्यसैगरी फाइनान्स समुहको परिसुचक ५ दशमलव ३९ अंकले बृद्धि भएको छ । यता अन्य समुहको परिसुचक भने ० दशमलव ८७ अंकले ओरालो लागेको छ ।

 

नेपाल एसविआई बैंक बैंक लिमिटेडको सवैभन्दा बढी ८ करोड ४४ लाख बराबरको कारोबार भएको छ । एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन परेकाले यो बैंकको उच्च कारोबार भएको हो । नेपाल लाइफले करिब ३ करोड बराबरको कारोबार गर्दा सानिमामाइ हाइड्रो र सिभिल बैंकको पनि दुई करोड बढीको कारोबार भयो ।

आठ अंकले बढेको बजारमा मेरो माइक्रोफाइनान्सको सेयरमूल्य दश प्रतिशतले बढेको छ । किसान माइक्रो,महिला सहयात्रा माइक्रो, सोल्टी होटल लगायतका कम्पनीको सेयरमूल्य केही बढेको छ ।

सप्तोकाशी डेभलपमेन्ट बैंक, माउन्ट मकालु, श्री इन्भेष्टमेन्ट तथा कन्काई विकास बैंक लगायतका कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

 

......मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।