मेगा बैंक सहित सोमबार नेप्सेमा दुई करोड २० लाख कित्ता सेयर सूचिकृत

May 08, 2017 merolagani

नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सोमबार पाँच कम्पनीको  दुई करोड २० लाख २२ हजार ७१४ कित्ता सेयर सूचिकरण भएको छ । यसरी सूचिकरण गराउने कम्पनीहरुमा एक बाणिज्य बैंक तीन विकास बैंक र एक जलविद्युत्त कम्पनी रहेको छ ।

मेगा बैकको गत बर्षको कमाईबाट प्रदान गरेको १३.२५ प्रतिशतका दरले ५३ लाख १५ हजार ९४० कित्ता बोनस सेयर र तीन लाख ८६ हजार आठ सय ८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

सेवा विकास बैंकको ५१ लाख छ हजार ६६२ कित्ता हकप्रद तथा १९ प्रतिशत बोनस बराबरको आठ लाख आठ हजार ५५४ कित्ता बोनस सेयर सूचिकृत गरेको हो ।

त्यस्तै ओम डेभलपमेन्ट बैंकले ३० लाख ७४ हजार ३२१ कित्ता कित्ता बोनस सेयर सूचिकरण गराउँदा ओमसँगै मर्जरमा रहेको  मनास्लु  विकास बैंकले १८ प्रतिशत बोनसको तीन लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकरण गराएको हो ।

 सिर्नर्जी पावर डेभलपमेन्टले पनि ७० लाख कित्ता सेयर सूचिकरण गराएको छ । जसमध्ये सर्वसाधारणमा जारी गरेको २१ लाख कित्ता सेयर अर्को साताबाट सेयर बजारमा कारोबार हुनेछ । संस्थापक सेयरधनीको ४२ लाख र स्थानियको सात लाख कित्ता भने तीन बर्षपछि मात्र कारोबार हुने व्यवस्था छ ।

सिनजीको आईपीओ सूचिकरणसँगै जलविद्युत्त समुहमा सूचिकृत कम्पनीहरुको संख्या १३ पुगेको छ भने कुल सूचिकृत कम्पनीहरुको संख्या २११ पुगेको छ

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।