स्टाण्डर्ड चार्टर्डको एफपीओमा कसरी चार हजार दुई सय ९१ आवेदन रद्ध भए ?

May 08, 2017 Merolagani

स्टाण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयरमा आवेदन गरेका चार हजार दुई सय ९१ वटा आवेदन रद्ध भएका छन् । आस्बाबाट आवेदन गरेकाहरुले साधारण पद्धतीबाट पनि दोहोरो सेयर आवेदन गरेको भेटिएको छ । त्यस्तै आवेदन फारम भर्ने क्रममा गलत विबरण भरेका आवेदकको संख्या उल्लेख्य भेटिएको छ ।

सेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारी अनुसार कुल दुई लाख २१ हजार छ सय १३ आवेदन परेकोमा चार हजार दुई सय ९१ वटा आवेदन रद्ध भएको हो । क्यापिटलका अनुसार साधारण सेयरमा परेको आवेदन रद्ध भएको तथ्यांक विगतमा निष्काशित सेयरको भन्दा अधिक हो । जसका कारण दुई लाख १७ हजार तीन सय २२ वटा आवेदनलाई मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ ।

आस्बा तथा साधारण पद्धतीबाट दोहोरो सेयर आवेदन गर्नेको संख्या मात्र एक सय ५१ रहको एनएमबी क्यापिटलले जनाएको छ ।

आस्बाट गरेको आवेदनसँग साधारण आवेदन रुजु नगराई दुवै तरिकाले आवेदन गर्ने पनि भेटिएका छन् । यसरी धेरै सेयर पाउने आशमा साना लगानीकर्ता बनेर आवेदन दिनेहरुले एक कित्ता पनि सेयर पाएनन् ।

यसका साथै हतारमा काम चलाउ शैलीमा सेयर आवेदन गर्नेहरुले पर्याप्त विबरण उपलब्ध नगराएको भेटिएको छ । डिम्याट खाता तथा अन्य विबरण अपुर्ण हुनुका साथै उल्टो विबरण उपलब्ध गराउँदा हजारौं आवेदकहरु सेयर बाँडफाँड प्रकृयामा सहभागि हुन नसकेका हुन् ।

दुई लाख १७ हजार तीन २२ आवेदक मध्ये एक लाख एक लाख ४० हजार एक सय ३२ आवेदकले मात्र सेयर पाएका हुन् । जस अनुसार ३० कित्तासम्मका एक लाख ६५ हजार चार सय ४५ आवेदकहरु मध्ये एक लाख दुई हजार तीन सय २६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसपछि ४० कित्तादेखि एक सय ४० कित्तासम्मका २५ हजार एक सय आठ आवेदक मध्ये गोलाप्रथाबाट ११ हजार ३७ जनालाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

...[स्टाण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड,कसले कति पाए ?]...

एक सय ५० कित्ताभन्दा माथिका कुल २५ हजार पाँच सय ८० आवेदकले अनिवार्य रुपमा बैंकको सेयर पाएका छन् । जसमा एक सय ५० र एक सय ६० कित्ताका आवेदकले १० कित्ता सेयर पाएका छन् भने त्यस भन्दा माथिका आवेदकले ६.३८ प्रतिशतका दरले सेयर पाएका छन् ।

बैंकको सेयर काँडफाँडको अन्तिम नतिजा तयार हुने क्रम जारी छ । अन्तिम नतिजा तयार भए पछि मेरोलगानीमा प्रकाशित गरिनेछ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।