स्टाण्डर्ड चार्टर्डको एफपीओको अन्तिम नतिजा हेर्नुहोस्, (मेरोलगानीमा प्रकाशित)

May 08, 2017 Merolagani

स्टाण्डर्ड चार्टर्ड बैंकले सोमबार बाँडफाँड गरेको थप नयाँ साधारण सेयरको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । प्राविधिक कारणले नतिजा प्रकाशनमा केहीबेर ढिलाई भएको छ । Last Name मा डिम्याट खाता नम्बर मात्र राखेर नतिजा खोज्नु होला ।

यस पटकबाट डिम्याट खाताबाट मात्र सेयर नतिजा हेर्न सकिने व्यवस्था भएकाले मेरोलगानीको IPO>IPO Result खोलेर Last Name भर्ने स्थानमा आफ्नो डिम्याट खाता मात्र राखेर अरु सबै ठाउँ खाली राख्दै नतिजा खोज्नु होस् । प्राविधिक कारणले अहिले नै डिम्याट खातामा आधारित भएर नतिजा हेर्न नसकिने भएकाले यस्तो वैकल्पिक व्यवस्था गरिएको हो । 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले उपलब्ध गराएको विबरण अनुसार गोलाप्रथा गरिएको एक सय ४० कित्तासम्मका आवेदकहरुको मात्र नतिजा हेर्न सकिने व्यवस्था छ ।

एनएमबी क्यापिटलले उपलब्ध गराएको विबरणमा एक सय ४० कित्तासम्मका आवेदकको विबरण मेरोलगानीमा खोज्दा भेटिएको खण्डमा उसले सेयर पाएको बुझनु पर्छ । यसको तात्पर्य यो हो कि, मेरोलगानीमा गेलाप्रथासम्मका आवेदकले आफ्नो नाम तथा डिम्याट खाता नम्बर भेटिएको खण्डमा आफुलाई सेयर परेको सम्झनु पर्छ ।

एक सय ५० तथा सो भन्दा धेरै कित्ताका आवेदकको हकमा भने आवेदन फारम रद्ध भएकाहरुको मात्र विबरण देखाउने व्यवस्था मिलाइएको छ । एक सय ५० कित्ता भन्दा माथिका सेयर पाउने आवेदकको विबरण खोज्दा पाउन नसकिएको व्यवहोरा देखिनेछ । रद्ध भएका आवेदकको मात्र सेयर विबरण देखिन्छ । यसको तात्पर्य यो हो कि, एक सय ५० कित्ता वा सो भन्दा माथिका आवेदकको विबरण मेरोलगानीमा भेटिएको खण्डमा आफ्नो आवेदन रद्ध भएको र सेयर नपरेको सम्झनु पर्छ । विबरण नदेखाउनेले अनिवार्य रुपमा ६.३७ प्रतिशतले सेयर पाएका छन् ।

...[स्टाण्डर्ड चार्टर्डको एफपीओमा कसरी चार हजार दुई सय ९१ आवेदन रद्ध भए ?]...

 

सेयर बाँडफाँड पश्चात ठुलो रकमको सेयर आवेदन गर्नेहरुको विबरण सार्वजनिक हुन थालेको भन्दै यस पटक नतिजा प्रकाशनमा नयाँ व्यवस्था गरिएको हो । सेयर परे नपरेका सम्बन्धमा थप कुनै जिज्ञासा भएको खण्डमा नक्सालस्थित क्यापिटलको कार्यलयमा सम्पर्क राख्न सकिने छ ।

...[स्टाण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड,कसले कति पाए ?]...

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।