बैंकहरुले तीब्र पार्दैछन् धितो लिलाम, ऋण नतिरेको भए तपाइँको पनि पर्यो कि ?

May 19, 2017 Merolagani

 

बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिनु भएको छ र त्यसको सावाँ ब्याज समयमै तिर्नु भएको छैन भने तत्काल सही कदम चालिहाल्नुस, नत्र बैंकहरुले धितो लिलाममा चढाएर  तपाइँबाट असुल गर्लान् । आर्थिक बर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा धेरै ऋणीको बिजोग हुनेवाला छ । 

सम्पति लिलाम हुनबाट किन रोक्नुपर्छ ?

पत्रिकामा सूचना आउँदा एकातिर सार्वजनिक र्बेईज्जत हुने र अर्कोतर्फ आफ्नो सम्पति समेत लिलाम भएर घर न घाटको बन्ने अबस्था आउँछ । कर्जा नतिरेपछि कालो सूचीमा पर्ने खतरा पनि हुन्छ । यसो नहोस् भन्ने हो भने समयमै उचित प्रबन्ध गर्नु बृद्धिमानी हुने देखिन्छ । लिलामी प्रक्रियामा चढिसकेपछि ऋणीलाई आफ्नो सम्पति जोगाउँन धेरै गाह्रो हुने र अनेक शुल्क र झंझटको सामना गर्नुपर्ने भएकाले बैंकसँग समयमै सम्बन्ध राम्रो बनाउनु उत्तम हुन्छ ।

समयमै कर्जा चुक्ता र आफ्नो सम्पतिको सुरक्षा गर्न लाग्नु भएन भने पछि कर्जा असुल गर्न कडाई गर्ने बैंकका कर्मचारीलाई टाई लगाएका गुण्डाको संज्ञा दिन बुद्धिमानी हुन्न । कालले छाड्ला तर बैंकले छाड्दैन किनभने कर्जा जोखिममा पर्दा लाखौं सर्बसाधारणले बैंकमा जम्मा गरेको पैसा जोखिममा पर्छ । 

किन कडा भए बैंकहरु ?

नेपाल राष्ट्र बैंकले दिएको पूँजी बृद्धिको योजना पुरा गर्न र संस्थागत सुशासन कायम गर्न बैंकहरु यस आर्थिक बर्षको बाँकी दुई महिनामा निकै कडा हुने संकेत देखिएको छ । खराब ऋणीहरुका कारण बैंक समस्यामा पर्ने र कमाएको रकम खराब कर्जा वापत जोखिम कोषमा राख्दैमा ठिक्क हुने डरले बैंकहरु आँत्तिएका छन् । यसै कारण कर्जा असुलीमा अलिकति पनि कैफियत देखिएमा उनीहरुले छाड्नेवाला छैनन् ।

धेरै कमाएर सकेसम्मको बोनस सेयर दिई राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन दुई महिनाको अबधि बाँकी रहँदा रणनीति बनाएर बैंकहरु कडा रुपमा प्रस्तुत हुन थालेका हुन् । उनीहरुले अहिले हरेक दिन पत्रिकाहरुमा धितो लिलामको सूचना छपाएर ऋणीको गंभीर ध्यानाकर्षण गराईरहेका छन् । आफुले कमाएको पैसा खराब कर्जाको नोक्सानी वापत ब्यवस्था गर्नु परे खुद नाफा घटेर लक्षित बोनस बितरण गर्न नसक्नेतर्फ बैंकहरु सचेत देखिएका छन् । खराब कर्जा अनुपात पाँच प्रतिशत भन्दा बढी भयो भने कमाएको रकम बोनस बितरण गर्न समेत नपाईने हुँदा बैंकहरु यसमा बढी सतर्क हुन्छन् । 

कर्जाको सार्वाँ ब्याज तिर्न आउन ऋणीलाई ३५ दिने म्याद दिनुपर्ने र त्यो अवधिमा नतिरे १५ दिने लिलामको सूचना निकालेर रकम असुल गर्नुपर्ने भएकाले बैंकहरुका लागि बाँकी दुई महिनाको अवधि निकै महत्वपूर्ण छ । कतिपय धितो एकैपटकको सूचनामा लिलाम नहुने र मुद्धा मामिला लगायतका समस्याले अल्झिने हुनाले बैंकहरु छिटो गर्न चाहिरहेका छन् । असल धितो भएको कर्जाको असुली सहज भए पनि कमशल धितो वा बिना धितोका कर्जा कसरी असुल्ने भन्ने बारेमा बैंक ब्यवस्थापनलाई बढी समस्या पर्ने गरेको पाईन्छ ।

कुन कुन बैंक छन् चेपुवामा ?

खराब कर्जाले भयावह अबस्था सिर्जना गरेपछि एनसीसी बैंक सबैभन्दा धेरै आँत्तिएको छ र उसले सयौं ऋणीहरुको धितो लिलामीमा निकालेर कर्जा असुलीको सख्त रणनीति अख्तियार गर्दैछ । एनसीसी बैंकले दैनिक ऋणीहरुको धितो लिलामको सूचना निकालिरहेको छ ।  एनसीसीमा गाभिएका चार बिकास बैंक मध्ये तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक तर्फका कर्जाहरु धेरै खराब देखिएपछि बैंक ब्यवस्थापन दबाबमा परेको हो ।

 

त्यस्तै सिभिल बैंक ब्यवस्थापनले पनि खराब कर्जाको मात्रा घटाउन कर्मचारीहरुमा तीब्र दबाब सिर्जना गर्दै गरेको बुझिन् आएको छ । सिभिल बैंकका एक संचालकले भने, खराब कर्जाहरु तत्काल असुलीको प्रक्रियामा जान कडा निर्देशन दिएका छौ, चौथो त्रैमासमा धेरै सुधार होला भन्ने आशा छ ।

प्रभु बैंकले यस अघि नै खराब ऋणीहरुलाई कडाई गर्दै ठूला धितोहरु लिलाम र गैर बैंकिड. सम्पतिमा रुपान्तरण गर्दै आएको छ । उसले धितो लिलाम र गैरबैंकिड. सम्पति बिक्रीबाट आएको रकम मात्रै नभई नियमित आम्दानी समेत बढाएर आफु सुध्र्रिएको प्रमाणित गर्दैछ ।

बिगतमा डुबेका फाईनान्स कम्पनीहरुलाई किनेको सिटिजन्स बैंक पनि आफ्नो अबस्था मजबुत बनाएर अरु बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धामा उत्रिन धितो लिलामी र गैर बैंकिड. सम्पति बिक्री गर्दैछ । उसले काठमाण्डौ र बिभिन्न जिल्लामा रहेको गैर बैंकिड. सम्पति बिक्री गर्न पटक पटक प्रयास गरे पनि कमशल सम्पति र मुद्धा मामिलाका कारण सफल हुन सकिरहेको छैन ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक लगायतलाई किनेको कुमारी बैंक पनि चौथो त्रैमासमा खराब कर्जाको मात्रा नबढोस भन्दै सतर्कतापूर्वक धितो लिलामी र गैर बैंकिड. सम्पति बेचेर सुरक्षित हुने उपायको खोजीमा छ ।

जनता बैंकले तेस्रो त्रैमासमा केही खराब कर्जा असुल गरेको छ भने केही कर्जाको नोक्सानी ब्यवस्था गर्न परेको छ । त्यसलाई पनि चौथो त्रैमासमा असुलेर राम्रो प्रगति बिबरण प्रस्तुत गर्ने तयारीमा उ लागेको बुझिन्छ ।

कृषि बिकास बैंकले झापाको गैर बैंकिड. सम्पति बेचेर ५७ करोड आम्दानी गरेको छ भने काठमाडौको पुतलीसडक लगायतका क्षेत्रमा परिचालन भएका ठूला खाले कर्जाको असुली गरेर चौथो त्रैमास अझै राम्रो बनाउने प्रयत्नमा लागेको बैंक स्रोतको भनाई छ । कृषि बिकास बैंकका लागि  चौथो त्रैमास असुलीको त्रैमास हो भन्ने कुरा पहिले देखि नै प्रमाणित हुँदै आएको छ 

नेपाल बैंक पनि खराब कर्जा असुलीमै केन्द्रित भएको छ ।

केही बिकास बैंक र फाईनान्सहरु पनि खराब कर्जा घटाउन लागेका छन् ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।