अन्तत:एनसीसी बैंकले गर्ने भयो नियमित साधारणसभा

May 09, 2017 merolagani

नेपाल क्रेडिट एण्ड कर्मश बैंक(NCCB) ले अन्तत नियमित साधारणसभा आह्वान गर्ने भएको छ । उच्च अदालत पाटनले कम्पनी रजिष्ट्रारको कार्यालयकै निर्देशनलाई सदर गर्दे नियमित साधारणसभामा जान आदेश दिएपछि बैंक नियमित साधारणसभा गर्ने तयारीमा पुगेको छ ।



सोमबार उच्च अदालत पाटनले बैंकको विपक्षमा फैसला सुनाएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख १५ गतेका लागि बैंकले बोलाएको विशेष साधारणसभा रोक्न निर्देशन दिएपछि विशेष साधारणसभा स्थगित गरेर बैंक उच्च अदालत पुगेको हो।

बैंकले कम्पनी रजिष्ट्रारको निर्देशन विरुद्ध हालेको रिटमा गत विहीबार बहस भएको थियो । उच्च अदालतको फैसला पछि बैंक नियमित साधारणसभाको प्रक्रियामा जुटेको बैंकका एक अधिकारीले मेरोलगानीलाई बताए । यसको लागि नेपाल राष्ट्र बैंकको अनुमतिको पर्खाइमा रहेको स्रोतले बतायो ।

एनसीसी बैंकमा गाभिएका चार वटा विकास बैंकमध्ये एपेक्स डेभलपेमन्ट बैंकतर्फको वित्तीय विवरण राष्ट्र बैंकबाट स्विकृत नहुदा बैंकले नियमित साधारणसभा राख्न सकेको थिएन ।

'अदालतको आदेशपछि अब हामी नियमित साधारणसभा गर्ने तयारीमा जुटेका छौ, जसका लागि राष्ट्र बैंकसँग परामर्शमा छौ, राष्ट्र बैंकबाट स्वीकृति आउन साथ बोर्ड बैठक बसेर साधारणसभा डाक्छौ', ती अधिकारीले भने ।

एनसीसीले राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार पूँजी पुर्याउन नियमित साधारणसभा मार्फत जाँदा ढिलाई हुने भएकाले विशेष साधारणसभा बोलाएको स्पष्टिकरण दिदै बैंकले कम्पनी रजिष्ट्रारको निर्देशन खारेज गराउन अदालत समक्ष माग गरेको थियो ।

एनसीसीले पचास प्रतिशत हकप्रदको प्रस्ताव पारित गराउने मुख्य एजेण्डा सहित वैशाख १५ गतेका लागि विशेष साधारण सभा बोलाएको थियो ।

बैंकको सो निर्णय विरुद्ध एनसीसी बैंकमा झण्डै १३ प्रतिशत हिस्सेदारी रहेको एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठले उजुरी गरेपछि कम्पनी रजिष्ट्रारले विशेष साधारणसभा रोक्न निर्देशन दिएको थियो ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।