सिटिजन्स् बैंकको २५ प्रतिशत हकप्रद भर्नेम्याद २७ गते बुधबारसम्म,छुट्नुभयो की ?

May 09, 2017 merolagani

सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड (CZBIL) ले गत चैत २४ गतेदेखि निष्काशन खुला गरेको २५ प्रतिशत हकप्रद भर्ने म्याद बैशाख २७ गते बुधबार सकिँदैछ ।

सिटिजन्स् बैंकले एक सय रुपैयाँ अंकित दरको एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गरेको हो ।

सिटिजन्स बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ । हकप्रद सेयरमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साल, सिटिजन्स बैंकको सम्पूर्ण शाखाहरु तथा बैंकको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट समेत आवेदन दिन सकिने छ ।

फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर २।५ कित्ता हकप्रद बेच्ने प्रस्ताव पारित गरेको थियो ।

हाल बैंकको चुक्ता पूँंजी ५ अर्व ५३ करोड ७३ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद शेयरको बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म बैंकले ८८ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेर प्रति सेयर आम्दानी २०.३४ रुपैयाँ कायम गरेको छ । बैंकको सेयर मंगलबार धितोपत्रबाजरमा प्रतिकित्ता ४०० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।