सेयरबजारमा हरियाली,जलविद्युत कम्पनीतर्फ तानिए लगानीकर्ता

May 09, 2017 merolagani

सेयरबजारका लगानीकर्ता जलविद्युत कम्पनीतर्फ मोडिएको दिन सेयरबजारमा हरियाली छाएको छ । कारोबारमा आएका सबै समूह सकारात्मक रहदा बजार दोहोरो अंकले बढेको हो भने कारोबार रकममा समेत बढोत्तरी आएको छ । यसदिन अधिकांस जलविघुत्त कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

मंगलबार सेयरबजार १३.५१ अंकले बढेर १६५०.५१ अंकमा पुगेको छ ।

१४२ कम्पनीको सेयर किनबेच भएको बजारमा ६१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत चार करोडले बढेको छ । 

बजार साढे १३ अंकले बढेको दिन सेयरबजारमा लगानीकर्ताको सम्पत्ति १८ अर्बले बढेको छ । यसदिन समग्र बजार पूँजीकरण १९ खर्ब १६ अर्ब नाघेको छ । सोमबार बजार पूँजीकरण १८ खर्ब ९८ अर्ब रहेको थियो ।

यसदिन जलविद्युत समूहको सूचक सबैभन्दा धेरै ११५ अंकले बढेको छ भने अन्य, वित्त र वािणज्य बैंक बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेको छ ।

मंगलबारको बजारमा सेयरबजारका लगानीकर्ताहरु जलविघुवित्त कम्पनीतर्फ मोडिएका छन् । जसका कारण सबैभन्दा धेरै कारोबार गर्नेको दश सूचीमा दुई कम्पनी जलविद्युत समूहका परेका छन । त्यस्तै सेयरमूल्य धेरै बढ्ने कम्पनीको दश सूचीमा पनि जलविघुत कम्पनीहरुकै वर्चश्व देखिएको छ ।

यसदिन अपि हाइड्रो,बुटवल पावर कम्पनी, सानिमामाइ हाइड्रोको सेयरमूल्य आठ प्रतिशतका दरले बढेको छ । त्यस्तै रिडि हाइड्रो, खानिखोला हाइड्रो र अरुण काबेली पनि धेरै सेयरमूल्य बढ्ने दश कम्पनीमा अटाएका छन । यी तीन कम्पनीको सेयरमूल्य पाँच प्रतिशत भन्दा धेरैले बढेको छ ।

मेरो माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, नेपाल इन्स्योरेन्स र प्रोगेशिभ फाइनान्सको सेयरमूल्य पनि बढेको छ ।

यसदिन सबैभन्दा पनि कारोबार गर्ने कम्पनीको अग्रस्थानमा रहेको सानिमामाइ हाइड्रोको चार करोड ६७ लाख बराबरको कारोबार भयो । त्यपश्चात उच्च कारोबार हुने प्राइम लाइफको २ करोड ८० लाख बराबरको सेयर किनबेच भयो । कारोबार भएको सेयर संख्याका आधारमा प्रभु बैंक सबैभन्दा अगाडि रहेको छ । त्यसपश्चात धेरै सेयर किनबेच हुनेमा अरुण काबेली पावर परेको छ ।

दोहोरो अंकले बजार बढ्दा सिनर्जी फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ । मिर्मिरे माइक्रो, स्वावलम्बन विकास, मिशन डेभलपेमन्ट लगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।