बैंक अफ काठमाण्डूको एफपीओको मूल्य ३१० रुपैयाँ

May 09, 2017 merolagani

बैंक अफ काठमाण्डुले थप नयाँ संस्थापक सेयर प्रतिकित्ता   ३१० रुपैयाँमा निष्काशन गर्ने भएको छ । बैंकले फेस भ्यालु एक सय रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपेर ३१० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ६१ लाख ५८ हजार ०६७  कित्ता थप संस्थापक शेयर बिक्री गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । 


बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पुँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक तर्फ थप सार्वजनीक निष्काशन गर्न लागेको हो ।

बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व हाल कायम ४५.६४ प्रतिशतबाट कम्तीमा ५१ प्रतिशत पुयाउन थप संस्थापक शेयरको निष्काशन गर्ने निणर्य गरेको थियो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।